पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणका जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछानेलाई ६५ लाख धराैटीमा छाड्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दिएको हो।
यसैगरी, गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले भनेको छ।