मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Friday, 10 January, 2025
२o८१ पौष २५ बिहीबार २३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

छुटेपछि रवि लामिछानेले भने–न्याय मरेको छैन भन्ने आभाष भएको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार २३:२९:oo

८४ दिन न्यायिक हिरासतपछि अदालतको आदेशमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्याय मरेको छैन भन्ने आभाष भएको बताएका छन्। रिहा भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले न्यायलयलाई धन्यवाद समेत दिएका छन्। 

उनले भने,‘न्यायलयलाई म धन्यवाद दिन चाहन्छु, न्याय मरेको छैन भन्ने कुराको आभाष भएको छ, ज–जसले माया गर्नुभयो सबैलाई धन्यवाद दिन चाहन्छु ।’ समय आएपछि यो विषयमा आफुले विस्तृत बोल्ने उनको भनाई छ । 

सूर्यदर्शन सहकारीको अपचलनमा उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत, काठमाडौंमा आफैं उपस्थित हुने सर्तमा उनलाई छाडिएको छ। काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ भने चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायरको तयारी भइरहेको छ।