मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २५ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्रीको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १४:५८:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन्  । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ नाराका साथ दमौलीमा आयोजित नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरे । 

महोत्सवबाट स्थानीय उत्पादन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउँदै उनले भने, ‘देशको अर्थतन्त्र विकासमा तनहुँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यहाँको सांस्कृतिक पहिचान पनि पर्यटन प्रवर्द्धनमा सहयोगी बनेको छ । यस्ता महोत्सवले मुलुकको बहुभाषिक, बहुसांस्कृतिक परिचयलाई स्थापित गरेको छ । ‘तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले मेलाका माध्यमबाट किसानका उत्पादन बिक्री गर्न सहज हुने बताए । महोत्सवमा कृषि उपजलाई प्राथमिकता दिइएको उनको कथन थियो । 

महोत्सवमा फलफूल, सागसब्जी, मह, मसला, दाल, चामललगायत कृषि उत्पादनका साथै स्थानीय हस्तकलाका सामग्रीयुक्त दुई सय बिक्री कक्षमार्फत ती सामानको खरिद–बिक्रीको व्यवस्था मिलाइएको छ । मेला आगामी माघ ७ गतेसम्म जारी रहनेछ ।