मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २५ बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १४:४o:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर–टहरालगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।

‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृत्ति स्थानीयमा बढ्दै गएको छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने, ‘त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ ।’

कार्यपालिकाको बैठकले अभियानको स्वरूपबारे निर्णय लिने उनको भनाइ छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो । अहिले ती स्थानमा स्थानीयले पुनः घरटहरालगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।

गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढे्को छ । केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घरटहरालगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानुनबमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ ।