अमेरिकाको लस एन्जलसवरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार पाँच सयभन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।
लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफूमातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताएका छन् । उनले भने, ‘हामीले सक्दो प्रयास गरिरहेका छौँ, तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।’