मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका कपिलवस्तु
२o८१ पौष २० शनिबार o८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक अभावका कारण क्यान्सर पीडित छ वर्षीया बालिकाकाे उपचारमा समस्या

सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई आर्थिक सहयोग गर्न बाबुआमाकाे अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o८:४५:oo

आर्थिक अभावका कारण बोनम्यारो क्यान्सरबाट पीडित छ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ । बोनम्यारो क्यान्सरबाट पीडित भएकी कपिलवस्तुको बाणगंगा नगरपालिका-९ भर्तापुरकी छ वर्षीया बालिका माहिरा विश्वकर्मा करिव ६ महिनादेखि यस रोगसँग लडिरहेकी छिन् ।

बोनम्यारो क्यान्सरबाट पीडित छ वर्षीया बालिका माहिरा विश्वकर्मा

उनको अहिले काठमाडौंको पाटन अस्पतालमा उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको थप उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि उनकाे थप उपचारमा समस्या भएको परिवारको भनाई छ  ।

उपचारका क्रममा दिनहुँ जसो रगत दिनुपर्ने र थप उपचारका लागि जतिसक्दो छिटो भारत लगेर बोनम्यारो ट्रान्सप्लान्ट गर्न चिकित्सकले सुझाव दिएका छन् ।चिकित्सकको सुझाव मान्नको लागि उनको परिवारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण बोनम्यारो ट्रान्सप्लान्ट हुन सकेको छैन ।

उनका बाबु आमाले छोरीको जीवन रक्षाको लागी सबै नेपाली दाजुभाइ दिदीबहिनीसँग आर्थिक सहयोगको अपिल गरेका छन् । बालिकाको उपचारमा आर्थिक सहयोग गर्न चाहने इच्छुक महानुभावहरूले बालिकाको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नं. २५६५७५१४९६३८५००१ मा आर्थिक सहयोग प्रदान गर्न सक्नु हुने छ । साथै परिवारसँग थप जानकारी लिनको लागि ९८६६५६३८१४ मा सम्पर्क गर्न सकिने बालिकाका बाबुआमाले बताएका छन् ।