सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति, गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेको तर्फबाट बहस सुरु भएको छ ।
थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाईं र सुविज्ञ पन्तलगायतले बहस गर्नेछन् ।
शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस सुरु भए पनि दुई दिन गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशी र जिबी राईका साझेदार एवं सहयोगी लीला पछाईको तर्फबाट उनीहरूका कानुन व्यवसायीले बहस गरेका थिए ।