प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ सात बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए।
स्रोतका अनुसार सशस्त्र प्रहरी बलका चार डिआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो। पदावधि थप नभएमा चार डिआइजीले आजैदेखि अवकाश पाउने अवस्था छ।
डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पुग्दै छ। सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४+१ वर्ष हुने उल्लेख छ। उनीहरूको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद् पुगिसकेको छ। तर, उनीहरूलाई अवकाशमा लैजाने टोली शक्तिशाली भएकाले निर्णय हुन नसकेको स्रोत बताउँछ। अकस्मात् मन्त्रिपरिषद् बैठक बोलाइएकाले सोही विषयमा निर्णय हुन लागेको बताइएको छ।