मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २४ बुधबार २१:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एचएमपिभी नयाँ भाइरस होइन, साधारण रुघाखोकी गराउने भाइरस होः स्वास्थ्य मन्त्रालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार २१:o८:oo

हालै चीनलगायत देशमा देखिएको मानव मेटाप्न्युमो भाइरस नयाँ भाइरस नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। यो सामान्य रुघाखोकी उत्पन्न गराउने भाइरस भएको र विगतमा पनि नेपालमा देखिएको मन्त्रालयले जनाएको छ। 

बुधबार प्रेस विज्ञप्ति प्रकाशन गरी मन्त्रालयले भनेको छ, ‘जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ। मानव मेटाप्न्युमो भाइरस(एचएमपिभी) नयाँ भाइरस होइन, यो साधारण रुघाखोकी उपत्न गराउने नेपालमा विगतमा पनि देखिएको भाइरस हो। जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ।’ सो भाइरस संक्रमणका विषयमा गलत सूचना फैलिएपछि मन्त्रालयले विज्ञप्तिमार्फत प्रस्ट पारेको हो।

 यो भाइरसले कमजोर प्रतिरक्षा भएका व्यक्तिहरूलाई भने गम्भीर संक्रमण हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। यस्तो संक्रमणबाट जोगिन मास्क लगाउन र भिडभाडमा नगई स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।