सप्तरी प्रहरीले पैसा दोब्बर गरिदिने भन्दै ठगी गरिरहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालकिा– ७ बभनगमाका ४४ वर्षीय हनुमानी भन्ने रामबहादुर रजकलाई पक्राउ गरेर सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हो।
रजकमाथि ठगी तथा आपराधिक विश्वासघात कसुर मुद्दामा रहेको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले सप्तरी जिल्ला अदालतबाट पक्राउ गर्न अनुमतिसमेत प्राप्त भएपछि आइतबार पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताए।
साथै, निज प्रतिवादीले अन्य व्यक्तिलाई समेत ठगी गरेको भए निजहरूलाई लिखित उजुरीसहित यस कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरे । पहिले कुनै व्यक्तिलाई सानो रकममा एकको दुई गरिदिने लोभ दिने र पछि ठुलो रकम लिने अनि पैसा नदिई ठगी गरिदिने प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खतिवडाले बताए ।