मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १७ बुधबार o७:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल मेलामा ४१  ज्येष्ठ नागरिक सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o७:o९:oo

बुटवलमा जारी औद्योगिक व्यापार मेलामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा– ४, श्रींगेश्वर धामका ४१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक मिलन केन्द्रबाट आएका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलामा ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूहरूलाई सन्तुष्टि मिलेको बताए ।

उनले सम्मानले ज्येष्ठ नागरिकमा पनि आत्मसम्मान हुने र प्राप्त भएको आत्मसम्मानले दीर्घजीवनका लागि मद्दत मिल्ने विश्वास व्यक्त गरे । ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले मिलन केन्द्रमा दिवा सेवा प्रदान गरिएको बताउँदै त्यसमा गराइने योग, ध्यानलगायतका क्रियाकलाप ज्येष्ठ नागरिकको स्वस्थ जीवन र दीर्घायुका लागि सकारात्मक भएको बताए ।

त्यसैगरी, ज्येष्ठ नागरिक ९२ वर्षीय तुलसीराम पौडेल र ८१ वर्षीया मीना थापाले आफूहरू एकै उमेर समूहका मानिसलाई मिलन केन्द्रमा योग, ध्यान तथा आपसमा भलाकुसारी गर्ने अवसर प्राप्त हुँदा एक प्रकारको सन्तुष्टि मिलेको र मेलामा गरिएको सम्मानले आत्मसम्मानका साथै हौसला मिलेको धारणा राखे ।