मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १७ बुधबार १o:३१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन् २०२४ मा विवादास्पद खेल घटना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १o:३१:oo

सन् २०२४ मा महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भए । गत वर्ष आइसिसी टी–२० पुरुष विश्वकप, पेरिस ओलम्पिक, कोपा अमेरिका, युरो च्याम्पियनसिपदेखि विश्व पौडी प्रतियोगिता आयोजना भएका थिए । यीबाहेक टेनिस, फुटबल, बक्सिङ, क्रिकेट, गल्फलगायतका नियमित इभेन्ट्स भएका थिए । अन्तर्राष्ट्रिय खेलकुद एरिनामा खेलाडीले विश्व कीर्तिमान राख्नेदेखि विवादास्पद कार्य गर्नसमेत पछि परेनन् । विभिन्न एजेन्सीको सहयोगमा गत वर्ष भएका प्रमुख सात विवादास्पद घटना यस्ता छन् । 

१. डोपिङमा असफल पौडीबाज पेरिस ओलम्पिकमा
सन् २०२४ मा सबैभन्दा ठुलो प्रतियोगिताका रूपमा पेरिस ओलम्पिक रह्यो । पेरिस ओलम्पिकमा व्यक्तिगत रेकर्डदेखि टिम इभेन्ट्सका खेलहरू विवादले घेरिएका थिए । यसैमध्ये एउटा थियो, २३ चिनियाँ पौडीबाजहरूको सहभागिता । पौडीमा समावेश विभिन्न इभेन्ट्सका लागि चीनले आफ्ना उत्कृष्ट पौडीबाज पठाएको थियो । ती खेलाडी सन् २०२० को टोकियो ओलम्पिकमा डोपिङ टेस्टमा असफल भएका थिए । वाडाको अन्तिम निर्णय नआउँदासम्म उनै पौडीबाजलाई पेरिसमा खेल्न पठाएको थियो । विवादास्पदक चिनियाँ खेलाडीमध्ये तीनजनाले पेरिसमा स्वर्ण पदक नै जिते ।

२. आइपिएलमा मालिक र खेलाडीबिच भनाभन
सन् २०२४ को इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्टको प्रदर्शन सुखद भएन । लखनउले १४ खेलमा समान सात जित र हारको सामना गरी १४ अंक बटुल्यो । यो अंकका साथ लखनउ सातौँ स्थानमा सीमित भयो । लखनउ आइपिएलको प्ले अफमा पुग्न नसकेपछि यसका मालिक सञ्जीव गोयंका र कप्तान लोकेश राहुलबिच सम्बन्ध नै बिग्रियो । खेल दौरान कप्तान लोकेश बाहिरिने क्रममा लखनउका मालिक सञ्जीवले मिडियाअगाडि नै अपशब्द प्रयोग गरे । सनराइजर्स हैदरावादसँग १० विकेटले हारेपछि सञ्जीव सीधै मैदानभित्र प्रवेश गरी कप्तानलाई गालीगलौज गर्न पछि हटेनन् ।

३. एनबिए खेलाडी आजीवन प्रतिबन्धित 
अमेरिकाको सबैभन्दा चर्चित खेल एनबिए हो । सन् २०२४ मा टोरोन्टोका जोन्टे पोर्टरले खेल दौरान फिक्सिङ प्रमाणित भएपछि आजीवन प्रतिबन्ध सजायको सामना गरिरहेका छन् । टोरोन्टोको प्रत्येक खेलमा नतिजा प्रभावित पार्न उनले ‘बुकी’सँग मोटो रकम लिएको खुलासा भएको थियो । गत अप्रिलमा एनबिए लिगको नियमनकारी संस्थाले खेल भावनाविपरीत कार्य र फिक्सिङजस्तो अत्यन्तै खराब कार्य गरेको जनाउँदै मोन्टेलाई जीवनभरि खेल्न नपाउनेसँगै रंगशालाभित्र छिर्न नपाउने निर्णय सुनायो । उनले बुकीहरूबाट १.२ मिलियन डलर लिएका थिए । न्युयोर्कको संघीय अदालतमा जोन्टेले आफूबाट खेल दौरान फिक्सिङ गर्न सट्टेबाजसँग रकम लिएका स्विकारेका छन् ।

४. भलिबल खेलाडीद्वारा १२ वर्षीया बालिका बलात्कार
यो घटना आठ वर्षअघिको थियो । सन् २०१६ को रियो ओलम्पिकमा नेदरल्यान्ड्सका ‘बिच भलिबल’ खेलाडी स्टेभन भान डे भाल्डेले १२ वर्षीया बालिकामाथि बलात्कार रहेछन् । आठ वर्षसम्म भान डेलेको यो फोहोरी कर्तुतबारे कसैलाई थाहा थिएन । सन् २०२४ को पेरिस ओलम्पिकमा ब्राजिलियन टोलीले डच खेलाडी भान डेको खेल बहिष्कारपछि घटनाको छानबिन भयो । आइओसीले तीन दिनको अन्तरमा भान डेले रियो ओलम्पिकमा गरेका गतिविधि अध्ययन पूरा गर्‍यो । यसै अध्ययनबाट भान डेले रियो ओलम्पिक दौरान एक १२ वर्षीया बालिकालाई ओलम्पिक भिलेजमा बलात्कार गरेको खुलासा भयो ।

५. अल्जेरियन बक्सरमाथि लैंगिक प्रश्न
फ्रान्सले पेरिस ओलम्पिकको उद्घाटन र समापन समारोह फरक बनाएर विश्वलाई चकित पारेको थियो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा विवाद नआउने कुरै भएन । पेरिस ओलम्पिकमा केही घटना यस्ता पनि बाहिर आए । अल्जेरियन महिला बक्सर इमाने खेलिफले आफ्नो इभेन्ट्समा राष्ट्रलाई पहिलो स्वर्ण दिलाइन् । तर, उनको यो ऐतिहासिक स्वर्ण विवादास्पद मुक्त भएन । इटालियन बक्सर एन्जेला कारिनीले खेलिफविरुद्धको केवल ४६ सेकेन्ड मात्र प्रतिस्पर्धा गरिन् । एन्जेलाले रिङबाट बाहिर निस्कँदै भनिन्, ‘वास्तवमा मेरो प्रतिद्वन्द्वी एक महिला नभएर पुरुष रहेछन् ।’ उनको यो टिप्पणीसँगै ओलम्पिकमा सनसनी नै मच्चियो । इटालिन पक्षले खेलिफको लैंगिक परिक्षण गर्नुपर्ने माग राख्यो । यसअघि विश्व बक्सिङ च्याम्पियनसिपमा खेलिफ यस्तै घटनाका कारण अयोग्य भएकी थिइन् ।

६.  रियल म्याड्रिडद्वारा बालोन डी ‘अर’ बहिष्कार
बालोन डी ‘अर’ २०२४ को उत्कृष्ट खेलाडी म्यानचेस्टर सिटीका रोड्री बने । उनले अर्का प्रबल दाबेदार भिनिसियर्स जुनियरलाई हराउँदै अवार्ड जितेका थिए । धेरैेले गत वर्षको उत्कृष्ट खेलाडी भिनिसियर्स हुने अनुमान लगाए । बालोन डी ‘अर’ कसले जित्ने भन्ने प्रश्न राख्दा लगभग सबैले रियलका खेलाडीकै नाम लिएका थिए । ‘स्लिप’बाट रोड्रीको नाम घोषणा भयो, रियल म्याड्रिडका सबै स्तब्ध भए । अनि उनीहरू अवार्ड कार्यक्रमबाट बाहिरिए । 

७. ग्रान्डस्लाम विजेताले लिए प्रतिबन्धित औषधि
सन् २०२४ को एटिपी टेनिस प्रतियोगिताको पुरुषतर्फ इटालीका जानिक सिनर तथा स्पेनका कार्लोस अलकाराज चम्के । कार्लोसले फ्रेन्च तथा बिम्बल्डन हात पारे । सिनरले अस्ट्रेलियन र युएस ओपन जितेका थिए । सिनरको सफलतासँगै प्रतिबन्धित औषधि सेवन गरेको सनसनी समाचार गत वर्ष बाहिरिएको थियो । पाँचपटककी ग्रान्डस्लाम विजेता इगा स्विटेक डोपिङ परीक्षणमा असफल भइन् ।