Skip This
ताप्लेजुङमा कञ्चनजंघा हीरक महोत्सव गरिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Wednesday, 01 January, 2025
२o८१ पौष १४ आइतबार १२:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ताप्लेजुङमा कञ्चनजंघा हीरक महोत्सव गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार १२:४९:oo

ताप्लेजुङमा रहेको विश्वको तेस्राे र नेपालको दोस्राे (८,५८६ मिटर उचाइ) अग्लो कञ्चनजंघा हिमालमा आरोहणको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजंघा हीरक महोत्सव गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दौ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले २०८२ वैशाख ५ देखि ७ गतेसम्म तीनदिने महोत्सवको आयोजना गरेको सार्वजनिक गरेको हो ।

कञ्चनजंघा क्षेत्रको लेलेपमा मनाइने महोत्सवमा यस वर्ष अहिलेसम्मका कञ्चनजंघा हिमालका आरोही (जीवित) र उनीहरूका परिवारलाई ल्याउने प्रयास गरिने आयोजक समितिका सदस्य सचिव मनकुमार राईले जानकारी दिए । त्यसका लागि आरोही, उनीहरूका परिवारको विवरण संकलन गर्ने काम भइरहेको महोत्सव समितिका सदस्यसचिव राई बताए । 

वास्तविक तथ्यांक नभए पनि अहिलेसम्ममा चार सयभन्दा बढीले कञ्चनजंघा हिमाल आरोहण गरेको कञ्चनजंघा क्षेत्रले अनुमान गरेको छ । सन् १९५५ मे २५ का दिन बेलायती नागरिक जो ब्राउन र जर्ज क्रिस्टोफर ब्यान्डले पहिलोपटक कञ्चनजंघाको सफल आरोहण गरेका थिए । २०६२ साल जेठ ११ जर्ज ब्यान्डकौ उपस्थितिमा स्वर्ण महोत्सव मनाएको थियो । त्यस्तै, ०७३ सालमा ६० वर्षको अवसरमा नेपाल सरकारकै आयोजनामा महोत्सव गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सुकेटारमा महोत्सवको उद्घाटन गरेका थिए । यस वर्षको महोत्सव संयोजनका लागि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्यसचिव मनकुमार राई, कोषाध्यक्ष फुपुछेवन शेर्पा र यहाँ सञ्चालित समृद्ध पहाड कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत सञ्जीव न्यौपानेलाई तोकिएको छ ।

समृद्ध पहाडले महोत्सवका लागि २० लाख रुपैयाँ दिने भएको छ । सदस्यसचिव राईले महोत्सवको लागत ७२ लाख रुपैयाँ अनुमान गरिएको बताए ।  महोत्सवमा आरोहीको सम्मानका साथै स्थानीय उत्पादनको प्रदर्शनी, खाद्य परिकार, पालिकास्तरीय भलिबल प्रतियोगिता र साथै केन्द्रीय कलाकारहरूसमेत रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।