मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Sunday, 29 December, 2024
कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट 
मोहन विष्ट कञ्चनपुर
२o८१ पौष १३ शनिबार १o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमती कुटपिट प्रकरण : सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्ट जेल चलान

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार १o:१९:oo

श्रीमती कुटपिट गरेकाे आराेपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट कारागार चलान भएका हुन । १५ मंसिर ०८१ मा उपप्राध्यापक भट्टले महेन्दनगर माविमा कार्यरत आफ्नै श्रीमती शिक्षिका जयन्ती भट्टमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाईते शिक्षिका जयन्तीको महाकाली अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । 

कुटपिट प्रकरणमा माईती पक्षले उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । बिहीबार कञ्चनपुर जिल्ला अदालतको थुनछेक बहसबाट उपप्राध्यापक भट्टलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे हाे । न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले भट्टलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

झण्डै तीन साता प्रहरी हिरासतमा रहेका उपप्राध्यापक भट्ट विरुद्धमा प्रहरीले सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लगेसंगै थुनेछेक बहसबाट भट्टलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

शिक्षिका जयन्तीका माईती पक्षले ज्यानै लिने गरेर मरणाशन्न हुने गरेर कुटपिट गरेको बताईरहेका बेला भट्ट पक्षले भने समान्य घरसायी विवादले ठुलो रुप लिएको बताईरहेकाे छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक भट्ट कारागार चलान भएपछि विद्यार्थी मारमा परेका छन्।