मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Wednesday, 01 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ पौष १४ आइतबार १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथा क्षेत्र पुगेको सडकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार १४:५५:oo

सोलुखुम्बु लुक्लानजिकै सुर्केसम्म पुगेको सडक उद्घाटनमा प्रधानमन्त्री केपी ओली सहभागी हुने भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ उद्घाटन २० पुसमा गर्ने तयारी छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने गाउँपालिकाले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका- २ स्थित सुर्केसम्म गाडी पुर्‍याइएको छ । जुन लुक्लाबाट नजिक पर्छ । योसँगै लुक्लामा मौसम अवरुद्ध हुँदा अब सडकमार्गमार्फत यात्रा गर्न सक्ने विकल्प बनेको छ । अहिले सोलुखुम्बु सल्लेरीबाट सुर्केसम्म ट्र्याक खोलिएको छ ।