मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Sunday, 29 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १३ शनिबार १९:४५:oo
Read Time : < 1 मिनेट
समाचार

बारामा मृत भेटिएका प्रहरीको गोली हानी हत्या गरिएको पुष्टि, अनुसन्धानका इन्स्पेक्टर नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार १९:४५:oo

एक साताअघि बारामा मृत भेटिएका प्रहरीका कर्मचारीको गोली हानेर हत्या गरिएको पुष्टि भएको छ। मृतकको पोष्टमार्टम रिपोर्टका अनुसार उनको टाउकोमा गोली प्रहार भएको हो। 

गत ६ पुसमा जितपुरसिमरा उपमहानगरपालिका–१, सेन्डिगेट घर भएकाका प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका–११, अमाडरस्थित पुलछेउमा  निजी कारभित्र फेला परेको थियो। रुम्बा सिमरा विमानस्थलको विमान सुरक्षा प्रहरी गार्ड कार्यालयमा कार्यरत थिए। 

मृतकको टाउकोमा चोट थियो । उनको गोली प्रहारबाटै मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको बाराका एसपी महेन्द्र खड्काले बताए । 

एक साता पुग्दा पनि अनुसन्धान भने अझै निष्कर्षमा पुगेकोे छैन । स्रोतका अनुसार प्रहरी राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रुम्बा मृत भेटिएको बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार उनै तिवारीको हो । घटनामा उनको शंकास्पद भूमिका देखिएको छ । अन्य केही शंकास्पदलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्,‘अनुसन्धानले बाटो लिएको छ, केही दिनमै वास्तविकता बाहिर आउँछ ।’