मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १८:३८:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउनेदेखि राष्ट्रिय खेलकुद परिषदमा नियुक्तिलगायतका १२ वटा निर्णय गरेको छ। 

 बैठकले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ। 

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुन्डी, भर्जुअल मुद्रा प्रयोग, अनुचित लेनदेन खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ।  

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरेको छ। 


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू-