मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १२ शुक्रबार o८:१८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार o८:१८:oo

सभामुखले सरकार संसद्सँग तर्किरहेको छ भन्नुभएको रहेछ । सरकार संसद्सँग कति तर्किरहेको छ ?
सम्माननीय सभामुखज्यूले एकदमै सही कुरा बोल्नुभएको छ । यो सरकारसँग संसद्को सामना गर्नसक्ने नैतिक बल नै छैन । त्यसैले गर्दा अहिलेसम्म बोलाइसक्नुपर्ने विधेयक अधिवेशन (हिउँदे अधिवेशन) बोलाउने सुरसारसम्म छैन । संसद्का अन्य गतिविधि पनि प्रभावकारी छैनन् । कानुन बनाउने विधायिकालाई कमजोर बनाइएको छ । नेपालमा ०४६ पछिका हरेक सरकार संसद्सँग तर्किरहेकै देखिन्छ । गतिलो काम नगर्ने अनि संसद्सँग तर्किने हाम्रा सरकारहरूको चरित्र नै बनिसकेको छ । 

सरकार संसद्बाट किन भागिरहेको होला त ?  
राम्रो काम गर्न नसक्ने, संसद्लाई दिनुपर्ने आवश्यक बिजनेस दिन नसक्ने, संसद्का मिनी पार्लियामेन्ट अर्थात् विषयगत समितिहरूलाई महत्व नदिने सरकारले संसद्को सामना गर्न सक्दैन । जनताका पक्षमा जनजीविकाका सवालमा कामै नगर्ने सरकारले संसद्मा सुनाउनलायक केही कामै छैन । त्यसले गर्दा पनि ऊ संसद्सँग तर्किरहेको हो । सरकारलाई संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने विषयमा चासो छैन । सत्ता सहयात्री दलहरूबीच सत्तामा बसेर भागबन्डाका विषयमा मात्र कुरा मिल्छ । अन्य जनजीविकाका सवालमा उहाँहरूको कुरा पटक्कै मिल्दैन । त्यसैले, उहाँहरू संसद्बाट भागिरहनुभएको छ । 

संसद्लाई गतिशील बनाउन के गर्नुपर्ला त ?
यतिखेर हाम्रो संसद् मुख्य र पुराना भनिएका दलहरूको नियन्त्रणमा छ । ती दलहरू अमूक नेताको नियन्त्रणमा छन् । त्यसको छाया संसद् सञ्चालनमा पनि परिरहेको छ । संसद्को गरिमा आत्मसात् गरी यसको प्रभावकारिता बढाउनुपर्ने हो । यसका लागि सरकारले संसद्लाई बिजनेस दिएर व्यस्त राख्न सक्नुपर्छ । देशका समसामयिक र जल्दाबल्दा विषयमा संसद्मा घनीभूत छलफल हुन दिनुपर्छ ।