मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
२o८१ पौष ११ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइसिसीद्वारा विराट कोहलीलाई जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १६:४५:oo

बिहीबारदेखि मेलबर्नमा सुरु भएको भारत र अस्ट्रेलियाबिचको चौथो टेस्ट खेलमा चर्चामा छन्, अस्ट्रेलियन ब्याट्सम्यान साम कोन्सटास । टेस्ट खेलमा डेम्बु गरेका कोन्सटास दुई कारणले चर्चामा छन्। पहिलो, उनले आफ्नो डेब्यु खेलमा आक्रामक अर्धशतक बनाए। 

दोस्रोचाहिँ भारतीय सिनियर खेलाडी विराट कोहलीसँगको उनको विवाद भयो।  

टस जितेर अस्ट्रेलियाले ब्याटिङ गरेको सो खेलको १० ओभर सकिएपछि कोन्सटास र कोहलीबिच विवाद भएको थियो। जसमा विराटले नियतवश कोन्सटासलाई कुममा धक्का दिएको देखिन्छ। कोन्सटास आफ्नै लाइनमा हुँदा कोहलीले नै धक्का दिएको देखिएपछि इन्टरनेसनल एसाेसिएसन अफ क्रिकेट (आइसिसी)ले उनलाई अनुशासनको कारबाहीअन्तर्गत खेलको २० प्रतिशत म्याच फी जरिवाना लगाएको छ । यो आइसिसीको लेभल २ अन्तर्गतको अनुशासनको कारबाही हो। जसमा विपक्षी खेलाडी नियतवश छुन नपाइने उल्लेख छ। 

यो घटनापछि धेरैले कोहलीकै आलोचना गरेका छन्। भारतका पूर्वकप्तान रवि शास्त्रीले त्यसमा कोहलीकै गल्ती भएको भन्दै त्यो अनावश्यक रहेको टिप्पणी गरेका छन्।   कोन्सटासले भने क्रिकेटमा यस्तो घटना सामान्य हुने प्रतिक्रिया दिएका छन्। 

चौथो टेस्ट पहिलो दिन अस्ट्रेलियाले ६ विकेट गुमाएर ३११ रन बनाएको  छ । खेलमा अस्ट्रेलियाका चार खेलाडीले अर्धशतक बनाए। कोन्सटाससहित उस्मान खावाजा, मानुस लबुछेन र स्टेभन स्मिथले अर्धशतक बनाएका हुन् । स्मिथ ६८ रनमा नटआउट छन्।