बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
बुधबार परेको क्रिसमसको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश र देश तथा विदेशमा रहेका सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
‘हाम्रो देश धर्मनिरपेक्ष देश हो । सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ, हाम्रो धार्मिक सहिष्णुता संसारमै उदाहरणका रूपमा रहेको छ, हामी एक–अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
उनले चाडपर्वहरूले अंगीकार गरेका विशेषताले नेपाली समाज एकतामा बाँधिएको उल्लेख गर्दै क्रिसमसको नयाँ ऊर्जा र उमंग ल्याउने अपेक्षा गरेका छन् ।