मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Thursday, 26 December, 2024
२o८१ पौष १० बुधबार २o:१९:oo
Read Time : < 1 मिनेट
प्रदेश

गौतबुद्ध सामुदायिक मुटु अस्पतालले मनायो स्थापना दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार २o:१९:oo

गौतबुद्ध सामुदायिक मुटु अस्पतालले १२औं स्थापना दिवस मनाएको छ । सो अवसरमा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आफ्नो स्वास्थ्यका हरेक नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सरकारमा बस्नेहरूले पनि नागरिकको स्वास्थ्यबारे सोच्नु पर्ने बताए । 

प्रदेश प्रमुख घर्तीले अहिले सरकारलाई काम गर्न सहज परिस्थिति रहेको भन्दै बोलीमा मात्रै नभई व्यवहारिक रुपमा काम गर्न जोड दिए । यस्तै, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्यका क्षेत्रमा प्रदेश सरकारले खेलेका भूमिकाका बारेमा चर्चा गरेका थिए । अस्पतालका अध्यक्ष एजाज आलमले मुटु अस्पतालको स्थापना तथा यसले खेलेको भुमि बारेमा चर्चा गरे । 

उनले मुटु अस्पतालको सेवा विस्तार गर्न जग्गा प्राप्ति तथा भवन निर्माणमा सहयोगको खाचो रहेको धारणा राखेका थिए । हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तमामा प्राप्त हुने जग्गामा अस्पतालको भवन बनाउने र सेवाको गुणस्तर बढाउने गरी विकास गर्ने योजना उनले प्रस्तुत गरे ।

१० पुस ०७० मा अस्पताल स्थापना हँुदा एकजना मुटुरोग विशेषज्ञसहित ६ जना चिकित्सकसहित ४५ जना कर्मचारी थिए । अस्पतालमा हाल वरिष्ठ मुटुरोग विशेषज्ञ पाँच, मुटुरोग विशेषज्ञ एक, मिर्गाैला रोग विशेषज्ञ एक, जनरल फिजिसियन दुई, एमडी रेडियोलोजिष्ट एक, एमडी क्रिटिकल केयर एक, मेडिकल अफिसर १६ जना, दाङको लमहीमा १२, पाल्पाको तानसेनमा १२, स्याङ्जाको वालिङमा ११ र कपिलवस्तुको चार नम्बरमा ११ सहित ३०३ जना कर्मचारीबाट सेवा प्रदान गर्दै आएको संस्थाका सचिव दिनेशराज रेग्मीले बताए ।