मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनायो : मुख्यमन्त्री लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १२:४७:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताएका छन् । सोमबार हेटौँडामा गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिसँग योजना तर्जुमा तथा प्रदेश आयोजना बैंक सञ्चालनका सन्दर्भमा छलफल गर्दै उनले यस्ताे बताएका हुन् ।

विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन आवश्यक रहेको बताए । मुख्यमन्त्री लामाले नेपालमा पूर्वाधार निर्माण महँगो परिरहेको बताए । हालको पूर्वाधार निर्माणको विधिका कारण राज्यको खर्च बढी भइरहेको उनको भनाइ छ । उनका अनुसार विकास निर्माणको काम डिजाइन एन्ड बिल्ड विधिमा सञ्चालन गर्दा सहज हुनेछ । 

‘सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनाेट गर्नुपर्छ । प्रभावकारी र बृहत् प्रकारको योजना कार्यान्वयन गरेर नागरिकलाई उत्पादन र आर्थिक उपार्जनमा जोड्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारले बजेट विनियोजन र योजना छनाेटलाई प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनको तयारीमा छ । प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आयोजना बैंकको काम अघि बढाउने योजना छ । हामी फिजिबिलिटी अध्ययन गरेर योजना छनाेट गरेर काम अघि बढाउँछौँ ।’

गुणस्तर र निर्माणको विषय प्रक्रियागत रुपमा अनुगमन गरेर नियमन नियन्त्रण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । सरकारको लगानीलाई उत्पादनमुखी बनाउन जरुरी रहेको उनको भनाइ छ । उनले अधुरा आयोजना पूरा गर्ने गरी सरकारले अघि बढाउन जरुरी रहेको छ । आन्तरिक र अन्तरसरकारबिच समन्वयात्मक भूमिकाबाट काम गर्नुपर्ने उनले बताए ।
‘हामीले आन्तरिक र अन्तरसरकारबिच समन्वय गर्न जरुरी छ । सरकारको नेतृत्व गरिरहेका व्यक्तिबिच आफूभित्र नै द्वन्द्व भएमा समस्या समाधान हुन सक्दैन । छलफलको एजेन्डा र कार्यान्वयनमा ध्यान दिनुपर्छ । कार्ययोजनाअनुसार काम गर्न जरुरी छ । समस्या समाधान गर्ने गरी छलफल गरेर अघि बढ्नुपर्छ,’ मुख्यमन्त्री लामाले भने ।