मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १२:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १२:३१:oo

उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडानम्बर १ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युतगृह निर्माण गरिएको छ ।

उक्त विद्युतगृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालू गराइसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनको भनाइ छ ।

सो आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्ण रूपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, ०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढी जलविद्युतले वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्नेछ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार १८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युतगृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालू भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको सेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।