मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ६ शनिबार २१:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद

एनपिएलका ‘सुपरहिरो’ जिमी निशम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार २१:३५:oo

नेपाल क्रिकेट संघ(क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करण शनिबार सम्पन्न भएको छ । सामान्य कमिकमजोरी बाहेक एनपिएल भव्य बनेको भन्दै प्रशंसा भइरहेको छ । 

एनपिएलको सफलताको एउटा आधार विश्वका चर्चित क्रिकेटरको नेपाल आगमन पनि भयो । विश्वकप विजेतादेखि आइपिएल लगायत चर्चित लिग खेलिसकेका विभिन्न देशका खेलाडीहरू एनपिएल खेल्न नेपाल आएका थिए। 

त्यसमध्ये एक हुन्–जिमी(जेम्स)  निशम । जनकपुर बोल्ट्समा आबद्ध  न्यूजिल्याण्डका अलराउण्डर निशमले एनपिएलमा अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरे । सोही प्रदर्शनका आधारमा उनले ‘इनरजेटिक प्लेयसर अफ दी टुर्नामेन्ट’को पुरस्कार समेत पाए। कमेनटेटरहरूले उनलाई ‘सुपरहिरो’को उपनाम दिएका छन्। 

जनकपुरलाई उपाधि दिलाउन उनको महत्वपूर्ण योगदान दियो। दोस्रो क्वालिफायर खेलमा ‘‘सुपरहिरो’कै शैलीमा उनकै प्रदर्शनमा जनकपुर फाइनलमा पुगेको थियो। जून खेलमा उनले १७ बलमा ४५ रन बनाउँदै टिमलाई जिताएका थिए। कर्णालीविरुद्ध ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले ५८ रनमै ५ विकेट गुमाएको अवस्थामा उनले पाँच छक्कासहित आक्रामक इनिङ खेलेर टिमलाई फाइनलमा पुर्याए। बलिङतर्फ सो खेलमा उनले दुई विकेट समेत लिएका थिए। 

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी पाँचौ स्थानमा छन्। नौ खेलमा उनले २४७ रन बनाए। 

एनपिएलमा सबैभन्दा उच्च स्ट्राइकरेटमा रन बनाउने खेलाडीको सूचीमा भने उनी पहिलो स्थानमा छन् । उनले १९६ को स्ट्राइकरेटमा रन बनाए। 

बलिङ, ब्याटीङ र फिल्डिङ तीनै क्षेत्रमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। नौ खेलमा उनले बलिङतर्फ सात विकेट लिए। 

उपाधि जितेपछि प्रतिक्रिया दिदै एनपिएलमा आफु धेरै रमाएको निशमको भनाई छ । ‘मैले विश्वमा धेरै लिग खेलें, तुलना गर्नुपर्दा एनपिएललाई उत्कृष्टमा राख्छु’ उनले भने,‘सायद फेरि पनि आउनेछु ।’