मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार o८:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनीको विहार र होटेलबिचको विवाद समाधान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o८:३८:oo

एक दशकदेखि लुम्बिनी विकास कोषभित्र रहेका विहार र लुम्बिनी होटेल संघ नेपालबिच रहेको विवाद समाधान भएको छ । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरूमा तीर्थयात्रीलाई होटेलमा जस्तै सुविधा दिएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।

होटेल व्यवसायी र गुम्बा–विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा ‘लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि, २०८१’ तयार गरेर कार्यान्वयनमा लैजाँदै लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउने सहमति भएको छ । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) र डा. ल्हारक्याल लामाको पहलमा आठबुँदे सहमति हुँदै कार्यविधि बनेपछि विवाद समाधान भएको हो । लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटेल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संलग्नतामा होटेल र विहारका विषयमा देखिएका समस्या समाधान गर्न कार्यविधि बनाएर अघि बढ्ने सहमति भएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

दुई पक्षबिचमा भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन् । विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको डा. लामाको भनाइ छ ।