मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार o८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेविरुद्ध आज मुद्दा दायर हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o८:१९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गर्ने भएको छ । शुक्रबार जिबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । बाँकी ३३ जनाविरुद्ध आइतबार मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । 

शुक्रबार मुद्दा दायर गरिएका १९ जना मुख्य आरोपी हुन्। पहिलो चरणमा पनि उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । बाँकी ३३ जनाको सहकारी ठगीमा अप्रत्यक्ष भूमिका रहेको भन्दै छुट्टै मुद्दा दायर गर्न लागिएको हो । उनीहरूविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाउन लागिएको छ । 

गोर्खा मिडियाको सञ्चालक हुँदा जिबी राई समूहले चलाएका विभिन्न सहकारीबाट आएको पैसा चेक काटेर खर्च गरेको भन्दै लामिछानेलाई पनि प्रहरीले अनुसन्धानमा तानेको हो। रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ।