मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १ सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कम्बोडिया–भैरहवा सीधा उडान गर्न पर्यटनमन्त्रीको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार o९:o९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया र भैरहवालाई सीधा हवाई उडानबाट जोड्न प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटघाटका क्रममा उनले कम्बोडिया–भैरहवा–कम्बोडिया सीधा उडानको प्रस्ताव गरेका हुन् । 

मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई सहुलियत दिइएको कम्बोडियन मन्त्री बोरिनलाई जानकारी गराए । उनले दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी ‘बौद्ध सर्किट’ विकास गर्न सकिने पनि प्रस्ताव गरे ।

पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, संगीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू र पर्यटन बोर्डहरूबिच साझेदारी गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।

भेटमा दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदान–प्रदानका सम्भावनालगायत विषयमा दुई मन्त्रीबिच छलफल भयो ।