भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर भएकाहरूबाट सम्पत्ति जफत गर्न अदालतले सुनाएका अन्तिम फैसला धेरैजसो कार्यान्वयन नभएका पाइएको छ। त्यस्तो सम्पत्ति जफत हुनुपर्नेमा कसुरदार र तिनका परिवारले नै प्रयोग गर्दै आएको भेटिन्छ।
भ्रष्टाचारी ठहर भएका कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्का, आन्तरिक राजस्व विभागका पूर्वनिर्देशक मुरारी कार्की, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्वमहानिर्देशक दिवंगत आमोदानन्द मिश्र, भन्सारका पूर्वनासु दिवंगत केदारनाथ ढुंगाना, नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष दिवंगत रामाज्ञाप्रसाद चतुर्वेदी, मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्कालगायतको जफत हुनुपर्ने सम्पत्ति उनीहरूको परिवारले नै प्रयोग गर्दै आएका छन्।
भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति ठहर भई अदालतले जफत गर्ने फैसला गरे पनि त्यस्तो सम्पत्तिमा कसुरदार वा तिनकै परिवारले रजगज गरिरहेको फेहरिस्त लामो छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय, गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग तथा विशेष अदालतबाट प्राप्त विवरणअनुसार यस्ता धेरैजसो सम्पत्ति वर्षौँदेखि जफत हुन बाँकी छन्। ती सम्पत्ति जफत गर्न यी कुनै निकायको अग्रसरता देखिँदैन।
थप हेर्नुस् भिडियाे रिपाेर्टमा :
पूरा समाचार पढ्नुस् ः भ्रष्टाचारको सम्पत्तिमा कसुरदारकै रजगज