फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तीमा १४ जनाको मृत्यु भएकाे अधिकारीहरूले बताएका छन्। उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै छन्।
अधिकारीहरूले संकलन गरेको अस्थायी सूचीमा १४ जनाको मृत्यु भएको एक सुरक्षा स्रोतले बताएको छ। मायोटेको राजधानी मामुदजोउका मेयर अम्बादिलवाहेदोउ सौमाइलाले चक्रवातका कारण २४६ जना गम्भीर घाइते भएका बताए।
‘अस्पताल तथा विद्यालयहरू प्रभावित भएका छन्। घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।’ कार्यबाहक आन्तरिकमन्त्री ब्रुनो रिटेल लेउले भने, ‘शनिबार राति पेरिसमा संकट बैठकपछि कम्तीमा २२६ किलोमिटर प्रतिघण्टाको आँधीले यस क्षेत्रका धेरै बस्तीहरू पूर्ण रूपमा ध्वस्त गरेको छ। आँधीले बिजुलीका खम्बाहरू उडायो, रूखहरू उखेलिए।’