मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
२o८१ मङ्सिर ३० आइतबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीमा बस पल्टिँदा २२ जना घाइते, दुईको अवस्था गम्भिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार १३:३९:oo

महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना भएको हो।

अनियन्त्रित भएको बस पुलको रेलिङ तोड्दै पल्टिँदा बसमा सवार २२ यात्रु घाइते भएका प्रहरीले जनाएको छ। स्थानीयहरुको सहयोगमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ। जसमध्ये दुईजनालाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउतलाई जनकपुर रेफर गरिएको बताए। यता अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ।