मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको जनाएको छ। संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ।
मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसलाई सहयोग गर्नमा केन्द्रित रहेको र ४० लाख मानिसलाई सहायताको लागि लक्षित गरिने ओसिएचएले जनाएको छ।
यद्यपि, ओसिएचएले चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौँ सोमालीको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ।