मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३० आइतबार १४:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार १४:४o:oo

नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५३ रन जोडेको हाे।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४२ रन बनाए। ब्राण्डन म्याकमुलनले २३ र दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गर्दा विनोद भण्डारी १४ तथा हर्मित सिंह १३ रन जोडेर पेभिलियन फर्किए। इसान पाण्डे १०, सैफ जैब ९ र स्कट कुगलेइजन २ दुई रन बनाएर आउट हुँदा नरेश बुढाएरले अविजित ६ रन जोडे।

पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन रावल, रेमोन रिफर र माइकल लिस्कले समान एक विकेट हात पारे।