ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको मंसिर २९ गते शनिबारदेखि पुस ५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : विगतका समस्या बल्झिन सक्छन्, सचेत रहनुहोस्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। साताको अन्त्यमा प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा हुनेछ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : साताको प्रारम्भमा सामान्य कुराले मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ ।बिहीबारदेखि यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको प्रारम्भबाटै प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । साताको अन्त्यमा रोकिएका काम पुरा हुनुका साथै नयाँ कामको जिम्मेवारी मिल्ने योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : काममा मातापिताको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । बुधबारदेखि भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । साताको अन्त्यमा वैदेशिक यात्राबाट सोचेअनुसार लाभ मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको प्रारम्भमा धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् । साताको अन्त्यमा मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट भने सामान्य फाइदा होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : अनावश्यक खर्च र चुनौतीको सामना गर्नुपर्ने देखिएकाले विशेष सावधानी अपनाउनुपर्ने छ । कामका लागि अलि दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा काम बन्न सक्छ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ । धेरै लगानीपछि कमै फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले त्यत्ति साथ नदेलान् । स्थानान्तरण र टाढाको यात्रा भने सम्भावना छ। साताको अन्त्यमा वैदेशिक क्षेत्रबाट सामान्य मात्र लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। बुधबार र बिहिवार व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। साताको अन्त्यमा स्थान परिवर्तनको योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा धार्मिक पारिवारिक भ्रमणको योग रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्ककन हुनेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । नयाँ कार्यको थालनी गर्दा विशेष सावधानी अपनाउनु पर्ने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । उत्साहपूर्वक काम गर्नुहोला । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ ।पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज चोटपटकको भय हुनेछ । झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् ।व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।