मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार

केपी ओलीले सत्ताको उन्मादमा तानाशाही शैलीले मलाई पार्टी सदस्यबाट हटाए : भीम रावल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १६:o२:oo

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सत्ताको उन्मादमा केपी ओलीले आफूलाई तानाशाही शैलीमा पार्टीको साधारण सदस्यबाट हटाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत रावलले ओलीको आलोचना गरेका हुन्। 

नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको थियो।  सो निर्णय निरंकुश र तानाशाही भएको रावलको आरोप छ । 

उनले लेखेका छन्, ‘नेकपा (एमाले)को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदसयबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो । कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमालेविरोधी एवं बिचौलिया र दलालहरूको काखी च्याप्नेले देशभक्त इमानदार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन । सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली र जनताको समृद्धि र उज्यालाे भविष्यप्रति इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीकाे अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’