बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रतिशतले बढ्दा पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको दुई करोड नाै लाख ७८ हजार ९७९ कित्ता सेयर कारोबार भएको छ । ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटा कम्नपीको सेयर मूल्य घटेको छ । नाैवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
३१० कम्पनी कारोबारमा आउँदा ६१ हजार ८३९ पटक सेयर किनबेच भएको छ । दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँचवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये चारवटा समूहको सेयर मूल्य बढेको छ भने नाैवटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह २.३१ प्रतिशतले बढेर चार हजार ७१८.८५ विन्दुमा पुगेको छ भने वाणिज्य बैंक समूह १.८१ प्रतिशतले बढेर १४२७.९१ विन्दुमा पुगेको छ ।
त्यस्तै, लगानी समूह ०.२७ प्रतिशतले बढेर ९९.४२ विन्दुमा पुगेको छ भने लघुवित्त समूह ०.१४ प्रतिशतले बढेर चार हजार ९२२.४७ विन्दुमा पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूह २.७० प्रतिशतले घटेर तीन हजार ७३.२५ विन्दुमा आएको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.०८ प्रतिशतले घटेर ६ हजार ८१७.८१ विन्दुमा आएको छ ।
साथै, विकास बैंक समूह २.४८ प्रतिशतले, होटेल तथा पर्यटन ०.७८ प्रतिशतले, हाइड्रोपावर १.२८ प्रतिशतले, जीवन बिमा ०.३० प्रतिशतले, म्युचुअल फन्ड ०.२४ प्रतिशतले, निर्जीवन बिमा ०.२६ प्रतिशतले र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।