मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैनः चितवन प्रहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १६:५८:oo

अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई दुर्व्यवहार नगरिएको चितवन प्रहरीले प्रस्टीकरण दिएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रामक कुराहरू सम्प्रेषण भएको दाबी प्रहरीले गरेको छ। 

शान्तिसुरक्षा र हदम्यादको विषयलाई ध्यानमा राखी राति चितवन लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। लामिछानेलाई मध्यराति पोखरा लगिएको भने प्रहरीले स्वीकार गरेको छ।

 डिएसपी भेषराज रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘..मौसम हवाई उडानका लाग प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नदेखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हदम्याद रहेको विषयसमेतलाई मध्यनजर गरी मिति २०८१/०८/१९ गते २१ः३० बजेको समयमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयान कार्यसमेत सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटघाट वार्तालाप गरी सकेपश्चात् भेटघाट कक्षबाटै मिति २०८१/०८/२० गते बिहान ००ः०५ बजेको समयमा नेपालको प्रचिलत कानुनबमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायब उपरीक्षकको कमान्डमा चितवनबाट सुरक्षित रूपमा लगी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उपस्थित गराइएकाले माथि उल्लेखित तथ्यहीन, भ्रामक एवं झुटा समाचारहरूबाट जनमानसमा गलत सूचना सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न र गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछ।’ 

प्रहरीले लामिछानेलाई उनको इच्छाविपरीत मध्यराति चितवनबाट पोखरा लगिएको आरोप रास्वपाको छ। यसरी लैजाने क्रममा उनलाई परिवार र कानुन व्यवसायीसँग कुरासमेत गर्न नदिइएको रास्वपाका नेताहरूले बताएका छन्। मानव अधिकारको हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा समेत यस विषयमा उजुरी परेको छ। उनको पक्षमा प्रदर्शन हुन सक्ने डरले नै यसरी मध्यराति हिरासत स्थानान्तरण गर्नु गलत भएको भन्दै आलोचना भएपछि प्रहरीले विज्ञप्ति निकालेर प्रस्टीकरण दिएको हो।