हत्या गरेको अपराधमा १४ वर्षदेखि फरार एक महिला पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोलखा बैतेश्वर– १ घर भएकी ४७ वर्षीया कमला गोले तामाङलाई पक्राउ गरेको हो। २० असोज २०६७ मा उनले दोलखाको गौरीमुदीनिवासी वीरबहादुर तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।
११ भदौ ०७२ मा सर्वाेच्च अदालतले उनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो । फरार रहेकी तामाङलाई बिहीबार काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरी जिल्ला अदालत, काठमाडौंमा पेस गरिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए ।