नेसनल लाइफ इन्स्योरेन्सले लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्तालाई सिइओ क्लब सदस्यबाट सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले लुम्बिनी तथा कर्णालीबाट सिइओ क्लबका सदस्य हुन सफल चार सय ७५ भन्दा बढी अभिकर्तालाई सम्मान गरेका हुन् । त्यस्तै, आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सिइओ खत्रीले दुवै प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।
सिइओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्तालाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम गर्ने कम्पनीको योजनाअनुरूप कर्णाली प्रदेशमा सम्मान कार्यक्रम गरेको सिइओ खत्रीले बताए । समारोहमा सिइओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरले कम्पनीका सिइओबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको बताए ।
त्यस्तै, अभिकर्तामाझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुसरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट ससाना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको सिइओ खत्रीको भनाइ थियो ।