१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १५ बुधबार ११:२८:००
Read Time : > 1 मिनेट
समाचार

नेपाल लोकतन्त्रकाे उत्कृष्ट नमुना: लालबाबु राउत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १५ बुधबार ११:२८:००

हदिस खुद्दार 
जनकपुरधाम

गणतन्त्र दिवसको अवसरमा प्रदेश २ सरकारको अगुवाईमा  बुधबार बिहान प्रभातफेरी निकालिएको छ । 

जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आएर समापन भएको थियो । १२ औं गणतन्त्र दिवसको अवसरमा पारेर आयोजित प्रभातफेरीको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको लागि ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

नेपाल लोकतन्त्रकै उत्कृष्ट नमुना रहेको उनले बताए । देशमा तीन तहको सरकार बनेकाले विकास निर्माणको जिम्मा सबैको रहेको उनकाे भनाई थियाे ।  

प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षानिकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारीलगायतको सहभागीता रहेको थियो । प्रदेश २ सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । पहिलो दिन मंगलबारजनकपुरधामसहित प्रदेश २ का सरकारी कार्यालयहरुमा दिपावली गरिएको थियो । दोस्रो दिन बुधबार बिहान प्रभातफेरी गरिएको छ । साँझा दीप प्रज्वलनको कार्यक्रम रहेको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए। बिहीबार चियापान कार्यक्रम गरेर कार्यक्रमको समापन गरिने उनले बताए । 

कञ्चनपुरमा गणतन्त्र दिवस मनाइयो 
मोहन विष्ट
कञ्चनपुर  

कञ्चनपुरमा पनि मंगलबारदेखि नै गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवसको अवसरमा सबै सरकारी कार्यालय सरसफाई गरिएको थियो । बुधबार १२ औँ गणतन्त्र दिवस मनाउने जिल्ला समारोह समितिको आयोजनामा प्रभातफेरी निकालिएको छ । 

जिल्ला प्रशासन कार्यालयदेखि महेन्द्रनगर बजारसम्म बुधबार बिहान प्रभातफेरी निकालिएको थियो । कार्यक्रममा निजामति कर्मचारी, प्रहरी सशस्त्र प्रहरीले युनिफर्मसहित विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवाको सहभागिता रहेको थियो । 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गको अध्यक्षतामा भएको छलफलमा सहभागिले गणतन्त्रलाई व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउन जोड दिएका थिए । तीन दिनसमम सरकारी कार्यालयमा दिपावली गर्ने र बिहीबार महाकाली अञ्चल अस्पतालका बिरामीलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको छ ।