१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गणतन्त्र दिवसमा कला र विज्ञान प्रदर्शनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४४:oo

गोंगबुको बानियाँटारस्थित काठमाडौं युरो स्कुलले गणतन्त्र दिवसका अवसरमा सोमबार कला, विज्ञान र प्रविधि प्रदर्शनी– २०२३ आयोजना गरेको छ । प्रदर्शनीमा विभिन्न कलात्मक रचना तथा विज्ञान–प्रविधिसँग जोडिएका सामाग्रीहरू ४० भन्दा बढी स्टलमा अवलोकनका लागि राखिएका थिए । काठमाडौं युरोमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब दुई सय विद्यार्थीले ती सामग्री तयार गरेका हुन् । 

चित्रकला, विद्युतीय सेन्सर डस्टबिन, ग्यास लिक भएको संकेत दिने साइरन, ट्यांकीमा पानी भरिन लागेको संकेत दिने मेसिनलगायत सामग्री प्रदर्शनीमा अवलोकनका लागि राखिएका थिए ।

एकदिने प्रदर्शनीको काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले उद्घाटन गरे । काठमाडौं युरो स्कुलका शैक्षिक निर्देशक डा. दीपक गुप्ताले विद्यार्थी आफैँले तयार गरेका सामग्री आफैँले प्रस्तुतीकरण गर्दा विद्यार्थीहरूको शैक्षिक गुणस्तर तथा अनुसन्धानमूलक सीपको विकास हुने विश्वास व्यक्त गरे ।

ad
ad