मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १५ शनिबार o७:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कोरम नपुगेपछि राखेपको अर्काे बैठक २२ मंसिरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o७:२१:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकमा सदस्यहरूको संख्या नपुगेपछि अर्काे बैठक २२ मंसिरमा बोलाइएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शुक्रबार बोलाएको बैठकमा ५१ प्रतिशत सदस्य संख्या नपुगेपछि बैठक रद्द भएको हो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले विधानको धारा १० को ५ अनुसार अर्काे बैठक सात दिनभित्र बस्ने जानकारी गराएका छन् । ‘कुल सदस्यको ५१ प्रतिशत उपस्थित नभएपछि अर्काे बैठक धारा १० को उपधारा ५ अनुसार २२ मंसिरमा बोलाइएको छ,’ घिसिङले नयाँ पत्रिकासँग भने । 

यस धारामा ‘लगत्तै बस्ने बैठकमा तत्काल कायम रहेको सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत उपस्थित भएमा गणपूरक संख्या मानिनेछ ।’ राखेपमा अहिले उपाध्यक्षसहित १० पद संख्या रिक्त छ । रिक्त पदपूर्ति गर्न क्याबिनेटबाट पास हुनुपर्नेछ । अदालत पुगेका केही सदस्यले अन्तरिम आदेश पाएपछि शुक्रबारको बैठकमा सहभागी भए ।

यसअघि राखेपको बैठक तत्कालीन खेलकुदमन्त्री डिकबहादुर लिम्बूले २८ भदौ ०८० मा राखेका थिए । लिम्बूपछि चार महिना खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठले राखेपको बोर्ड बैठक राख्न सकेनन् ।

सदस्यसचिव घिसिङले तीनपटक बैठक राख्न मन्त्री चौधरीलाई आग्रह गरेका थिए । तर, मन्त्री चौधरीले बैठक राख्न चाहेनन् । राखेपकै विधानअनुसार बोर्ड बैठक वर्षमा कम्तीमा दुईपटक बस्नुपर्ने हुन्छ । मन्त्री चौधरीले २५ फागुनमा दसौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तोक्ने बताएका छन् ।