मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १५ शनिबार o७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमा रवि लामिछानेको बयान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o७:२५:oo

सहकारीको पैसा गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा शुक्रबार उनको प्रहरी र सरकारी वकिलले बयान लिएका छन् । शुक्रबार नसकिएकाले आइतबार पनि बयान लिइने प्रहरीले जनाएको छ । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए । सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ ।

लामिछानेले सो कम्पनीको प्रबन्ध–निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् । स्वर्णलक्ष्मी सहकारी गितेन्द्रबाबु ( जिबी) राईकै समूहले चलाएको थियो । गोर्खा मिडियाका अध्यक्ष पनि राई नै हुन् । उनले विभिन्न पाँच सहकारीको रकम गोर्खा मिडियालगायत विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेका थिए । त्यसमा उनका कम्पनीका सञ्चालकहरूलाई समेत हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । 

संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्दाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ । प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ । कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।