सुजल डेरीले आफ्नो उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ ल्याएको छ । चियाको प्रत्येक चुस्कीको स्वाद बढाउन यो उत्पादन ल्याइएको हो ।
करिब पाँच दशकदेखि चियाको स्वाद बढाउँदै आइरहेको डिलाइट नेपाली जीवनशैलीकै उत्सव भएको कम्पनीको भनाइ छ । गाई र भैँसीको शुद्ध दुधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको डिलाइटले चियामा क्रिमिपन थप्दै साधारण चियालाई पनि सन्तुष्टिको क्षणमा रूपान्तरण गर्ने कम्पनीले जनाएको छ ।
नेपाली उत्पादन डिलाइटको अनुपम ताजगीले हरेक चुस्कीमा घरको आत्मीयता र मिठास बोक्नेछ । आधुनिक र आकर्षक मेटालिक प्याकेजिङले सुरक्षित डिलाइटको प्राकृतिक दुधको ताजगी सुनिश्चित गर्नेछ । १२ महिना अवधि भएको यो उत्पादन हिमालदेखि तराईका व्यस्त बजारसम्म नेपालभरका भान्साहरूमा भरपर्दो साथी बन्न पुगेको कम्पनीले जनाएको छ ।
यो उत्पादनलाई घरमा या यात्रामा पनि सहजै प्रयोग गर्न सकिनेछ । दुध उत्पादन सीमित हुने, तर चियाको चाहना बलियो भएका हुम्ला र लोमाङथाङजस्ता दुर्गम ठाउँहरूमा यो उपयोगी बन्ने कम्पनीको विश्वास छ । डिलाइटको मूल्य चार सय ग्रामको चार सय ८० र आठ सय ग्रामको नौ सय रुपैयाँ तोकिएको छ ।