मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
२o८१ मङ्सिर १३ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७० किलो गाँजासहित बाराबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १o:oo:oo

बारा प्रहरीले कोल्हबी नगरपालिकाबाट १७० किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।

कोल्हबी नगरपालिका– ५ सोनाभार टोलस्थित दिनदयाल चौधरीको घरबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो। गाँजासँगै प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीया मनमती चौधरी र सोनाभार टोलका ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको छ।

गाँजा लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेतको नेतृत्वमा पुगेको प्रहरी टोलीले दिनदयालको घरमा खानतलासी गरेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार दिनदयालको घरमा लुकाएर राखेको अवस्थामा २१ पोका गाँजा बरामद भएको हो।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता सापकोटाले बताए।