केही दिनयता वायु प्रदूषणले काठमाडौं उपत्यकाको आकाश धुम्मिएको छ। हिउँदमा पानी कम पर्ने र हावा पनि नचल्ने भएकाले वायु प्रदूषणको मात्रा बढ्ने गर्दछ।
काठमाडौंको वायुमा प्रदूषण रियल टाइममा पिएम– २.५ (पार्टिकुलेट म्याटर)को मात्रा १६४ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी पुगेको छ, जुन अस्वस्थकर हो। यस्तो सूचकांक १०० देखि १५० पुग्नुलाई बालबालिका तथा वृद्धका लागि तथा श्वासप्रश्वाससम्बन्धी रोग भएकाका लागि अस्वस्थकर मानिन्छ भने १५० देखि २०० सम्मलाई सबै उमेर समूहलाई स्वास्थ्य समस्या देखिन सक्ने हुन्छ र घरबाहिर धेरै समय बिताउन नहुने भनिन्छ ।
भिडियाेमा हेर्नुस् काठमाडाैंकाे अवस्था :