मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १२ बुधबार १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाली चलचित्रलाई पर्यटन उद्योगसँग जोड्न राष्ट्रपतिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १९:५७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रमा यहाँकाे प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर पर्यटन उद्योगसँग जोड्न आग्रह गरेका छन्। 

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले भने, ‘नेपाली चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न सबै कलाप्रेमी महानुभावहरूलाई आह्वान गर्दछु। यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु।’ 

राष्ट्रपति पौडेलले ठुला-ठुला विषयवस्तुभन्दा गाउँ समाजमा देखिएका मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने अपेक्षा राखेको बताए। 

उनले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायका रूपमा रहेको विकास बोर्डलगायतका निकायले उचित कदम अगाडि बढाउन जरुरी रहेको पनि बताए। सो क्रममा राष्ट्रपति पौडेलले दीर्घसाधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई तीन लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण  गरिएको थियो।