मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १२ बुधबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय युवा शिविर नेपालमा आयोजना हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १८:५७:oo

युवाहरूको नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय युवा शिविर, २०२५ आयोजना हुँदै छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एल नेपालले पुस १९ देखि २१ गते (जनवरी ३–५) सम्म चितवनको सौराहामा अन्तर्राष्ट्रिय युवा शिविर (इन्टरनेसनल युथ क्याम्प) आयोजना गर्न लागेको हो।

कार्यक्रम संयोजक एवं लियो डिस्ट्रिक्ट काउन्सिलका डिस्ट्रिक्ट प्रेसिडेन्ड लियो अभय थापाले पत्रकार सम्मेलन गरेर विश्वभरका युवा नेताहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा, विविध परिदृश्यहरूको अनुभव प्राप्त गर्न र सामुदायिक सेवाको स्थायी भावनामा एकताबद्ध गर्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

तीन दिन चल्ने क्याम्पमा नेतृत्व, सार्वजनिक भाषण, उद्यमशीलता, र व्यक्तिगत वृद्धिजस्ता आवश्यक सीपहरूमा केन्द्रित हुने कार्यशाला हुने आयोजकले जनाएको छ।

सीप निर्माणको अतिरिक्त शिविरले टोली निर्माण चुनौतीहरू, सहयोग र रचनात्मक समस्या समाधानलाई बढावा दिने गतिविधिहरूमा जोड दिने बताइएको छ। शिविरको मुख्य जोड सामाजिक प्रतिबद्धता रहेको छ। सहभागीहरूलाई सहभागी लियो क्लबहरूबिच सामुदायिक सेवा पहलहरूमा सहयोग गर्न प्रोत्साहन गरिने बताइएको छ।

सीप विकासबाहेक शिविरले अन्तर सांस्कृतिक नेटवर्किङ, समझदारी र एकताको जीवन्त वातावरणलाई बढावा दिने आयोजकको भनाइ छ। ‘कार्यक्रमका लागि नेपाल र विश्वभरबाट १५ सय बढीको आवेदन प्राप्त हुने अपेक्षा गरेका छौँ। त्यसबाट ६० जना छनोट गरिनेछ। जसमा ५० जना युवा र १० जना अन्य हुनेछन्,’ कार्यक्रम संयोजक केसीले बताए।

उनीहरूलाई नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामुदायिक निर्माणमा संलग्न हुने अवसर प्रदान गरिने उनले बताए। समुदायमा सकारात्मक प्रभाव पार्न उत्प्रेरित १८ देखि ३० वर्ष उमेरका सबै युवाको लागि क्याम्प खुला हुनेछ।