मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १२ बुधबार १५:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ३९ अंकले बढ्दा व्यापार समूह नौ प्रतिशतभन्दा धेरैले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १५:४६:oo

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ३९.७० अंकले बढेर दुई हजार ७५६.३६ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ०.६९ प्रतिशतले बढेको छ।

आज ३१६ कम्पनीका एक करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज करिब दुई अर्बले कारोबार रकम बढेको हो।

बुधबार वित्त समूह ०.४७ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचक वृद्धि भएको छ। व्यापार समूह सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले बढेको छ। विकास बैंक तीन प्रतिशत र जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले बढ्दा होटेल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बिमा एक प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्।

नेप्सेमा हरियाली छाउँदा बुधबार सात कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। तीन कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन्। मिथिला लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशतले गुमाएका छन्।