मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
बेरुत
२o८१ मङ्सिर ५ बुधबार o९:o७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘लेबनानमा दुई सय बालबालिका मारिए’

Read Time : < 1 मिनेट
बेरुत
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार o९:o७:oo

इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । दुई महिनाभन्दा कम अवधिमा उक्त संख्यामा मृत्यु भएको संयुक्त राष्ट्र संघले मंगलबार जनाएको छ ।

यो कहालीलाग्दो घटनाले चिन्ताजनक अवस्था देखाएको राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले प्रवक्ता जेम्स एल्डरले बताए । उनले बालबालिकाको मृत्यु र उनीहरूमाथि भइरहेको हिंसा रोक्न अत्यावश्यक रहेको बताए ।

लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीनजना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सयभन्दा बढी बालबालिका घाइते भएका छन् । हिजबुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो । गत सेप्टेम्बरदेखि इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ ।