मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
रासस/एएफपी किएभ (युक्रेन)
२o८१ मङ्सिर ३ सोमबार १५:४o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

Read Time : > 1 मिनेट
रासस/एएफपी किएभ (युक्रेन)
नयाँ पत्रिका किएभ (युक्रेन)
२o८१ मङ्सिर ३ सोमबार १५:४o:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएका छन् । एक अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा द न्युयोर्क टाइम्स र द वासिंटन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिंटनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए। क्रेमलिनबाट भने यो समाचारबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

रया नोभोस्ती एजेन्सीले रुसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ ।

उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठुलो रुसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले (रुसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेशमन्त्री रादोस्ला सिकोर्स्कीले एक्समार्फत जनाएका छन् ।

आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएका छन् । युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ । प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रिफ्रिङमा बताएका छन् । आइतबार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ ।

जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुर्‍याउने ठुलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपतकालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समयपछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।

उत्तरपूर्वी सहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित १० जनाको मृत्यु भएको छ । रुसको यो कार्यले द्रुत रूपमा अन्तर्राष्ट्रिय निन्दा बटुलिरहेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘ऊर्जा र महत्त्वपूर्ण नागरिक पूर्वाधार’लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उनका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्तिमार्फत जनाएका छन्।

युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डेर लेयनले ब्राजिलको ग्लोबो न्युजमा टिप्पणी गर्दै पावर ग्रिडमा भएको आक्रमण ‘भयानक’ भएको बताएकी छिन् ।   मस्कोले किभका साथै देशको दक्षिणी, मध्य र सुदूरपश्चिमी कुनाहरूलाई लक्षित गर्दै १२० मिसाइल तथा लगभग सय ड्रोन प्रक्षेपण गरेको छ ।

मस्को युक्रेनको पूर्वमा लगातार अगाडि बढिरहेका अवस्थामा बाइडेनको घोषणा आएको छ भने ह्वाइटहाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले किभका लागि अमेरिकी समर्थनको भविष्यमा डर खडा गरेको छ ।

युद्धको तेस्रो जाडो अहिलेसम्म सबैभन्दा कठिन हुने धेरैलाई डर छ भने अघिल्ला रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा उत्पादन क्षमतालाई नष्ट गरिसकेको जेलेन्स्कीले बताएका छन् । पश्चिम र युक्रेनका अनुसार हजारौँ उत्तर कोरियाली सैनिकहरू रसियामा छन् भने केही कुर्स्क क्षेत्रमा छन् ।